एजेन्सी, असार ८
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी)ले कारवाही गरेको छ ।
शनिबार सम्पन्न अफगानिस्तानसँगको खेलमा कप्तान कोहलीले आचरसंहिता विपरित एलबीडब्लू आउटको अपिल गर्नुको साथै अम्पायरमाथि आक्रमक देखिएको भन्दै आईसीसीले कारवाही गरेको हो ।
कारवाहीबापत कोहलीको उक्त खेलको २५ प्रतिशत पारिश्रमिक रकम काट्ने जनाएको छ । साथै आईसीसीले १ डिमिरेट अंक पनि दिएको छ । कोहलीले उक्त कारवाही स्वीकारेका छन् ।
साउथह्यापटनमा भएको खेलमा कोहलीले जसप्रित बुमराहको २९ औं ओभरको पहिलो बलमा रहमत शाह एलबीडब्लू आउट नदिएको भन्दै अम्पायर अलीम दरको निर्णयमा आपत्ति जनाएका थिए ।