कप्तान विराट कोहली आईसीसीको कारवाहीमा

कप्तान विराट कोहली आईसीसीको कारवाहीमा

एजेन्सी, असार ८
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी)ले कारवाही गरेको छ ।

शनिबार सम्पन्न अफगानिस्तानसँगको खेलमा कप्तान कोहलीले आचरसंहिता विपरित एलबीडब्लू आउटको अपिल गर्नुको साथै अम्पायरमाथि आक्रमक देखिएको भन्दै आईसीसीले कारवाही गरेको हो ।

कारवाहीबापत कोहलीको उक्त खेलको २५ प्रतिशत पारिश्रमिक रकम काट्ने जनाएको छ । साथै आईसीसीले १ डिमिरेट अंक पनि दिएको छ । कोहलीले उक्त कारवाही स्वीकारेका छन् ।

साउथह्यापटनमा भएको खेलमा कोहलीले जसप्रित बुमराहको २९ औं ओभरको पहिलो बलमा रहमत शाह एलबीडब्लू आउट नदिएको भन्दै अम्पायर अलीम दरको निर्णयमा आपत्ति जनाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.