मोतीपुरमा अचानक बाढी : धेरैको उद्धार

मोतीपुरमा अचानक बाढी : धेरैको उद्धार

विराटनगर : मोरङको ग्रामथान– ४ मोतीपुरस्थित लोहन्द्रा खोलामा अचानक बाढी आयो । धेरै मानिस डुबानमा परे भने ठुलो संख्यामा घाईते भए ।सुरक्षाकमी उद्धारमा ब्यस्त थिए ।

यो वास्तविक घटना नभई विपद्को सांकेतिक अभ्यास गरिएको थियो । लोहन्द्रा खोलाको वगरमा ९ वटा समुहले विपद्को पुर्व तयारी र विपद्को समयमा गरिनुपर्ने उद्धार र राहतको सांकेतिक अभ्यास गरे ।

वल्र्ड भिजन इनटरनेशनलको सहयोगमा नारी विकास संघ विराटनगरले आयोजना गरेको अभ्यासमा उपचार, सुत्केरी महिलाको स्याहार, पिडितलाई खानपिनको ब्यबस्था गर्न सिकाईएको थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.