असारभित्र पाइपमार्फत पेट्रोलियम पदार्थ

असारभित्र पाइपमार्फत पेट्रोलियम पदार्थ

बारा : सम्भवतः मुलुकमा यसै महिनाको अन्त्यदेखि पाइप लाइनबाट पेट्रोल भित्रिने भएको छ । निर्माणाधीन मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि यस्तो सम्भावना देखिएको हो ।,यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

नेपाल आयल निगमका अनुसार मुलुककै पहिलो यो अन्तरदेशीय पाइप लाइनबाट डिजेल र पेट्रोल आयात सुरु हुने छ । निगमका अनुसार पाइप लाइनबाट पेट्रोलियम पदार्थ आपूर्तिका लागि मुख्य काम सम्पन्न भइसकेको छ, केही सहायक काम मात्र बाँकी छन् ।

निगमका आपूर्ति तथा वितरण विभागका उपमहानिर्देशक विनीतमणि उपाध्यायले मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट असार अन्तिमदेखि पेट्रोलियम पदार्थ आपूर्ति सुुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र भारतको सो सडकखण्डमा पेट्रोलियम पाइप लाइन बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

बिछ्याइएको पाइपको परीक्षण पनि सम्पन्न भइसकेको छ । हाल पाइप लाइनबाट आउने पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि डिपोको संरचना तयार भइरहेको बताउँदै उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको भण्डारणका लागि निर्माण गर्नुपर्ने चारवटा ‘भर्टिकल टयाङ्क’मध्ये तीनको निर्माण सम्पन्न भइसकेको छ, एउटाको निर्माण अन्तिम चरणमा छ । ”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.