प्रहरी हिरासतमै महिलाको शव फेला

प्रहरी हिरासतमै महिलाको शव फेला

लहान : सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयमा हिरासतमै महिलाको शव फेला परेको छ । ,यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

मोबाइल चोरीको आरोपमा शनिबार साँझ लहानबाट पक्राउ गरी करिब १० किलोमिटर दक्षिणको महेशबारी प्रहरीको हिरासतमा थुनिएकी करिब २५ वर्षीया सुमनदेवी ठाकुर आइतबार बिहान भुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

आइतबार बिहान करिब सवा ७ बजेतिर हिरासतसँगै जोडिएको शौचालयको भेन्टिलेसनको रडमा साडीको पासोमा झुन्डिएको अवस्थामा ठाकुरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.