९ असार, काठमाडौँ ।
सफल नेपाली चलचित्र ‘चपली हाइट’को तेस्रो सिरिज निर्माण हुने भएको छ । अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रलाई चलचित्र ‘फाटेको जुत्ता’का निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका हुन् ।
पौषमा रिलिज गर्ने लक्ष्य राखेको चलचित्रको साउनदेखि छायाङ्कन हुने बताइएको छ । अघिल्ला दुई सिरिजझैँ यो सिरिज पनि नौलो कथामा निर्माण हुने निर्माता अर्जुनले बताए ।
चलचित्रका लागि अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठ लाई ल्याउने तयारी भईरहेको जनाईएको छ । चलचित्रमा अन्य २ नयाँ नायिका अनुबन्धित गर्ने तयारी भइरहेको र प्रतीक श्रेष्ठ, आमिर गौतम लगायतका कलाकारको पनि मुख्य भूमिकामा रहने बताईएको छ ।
केही समय पहिले नै ‘फाटेको जुत्ता २’ निर्माण घोषणा गरेता पनि यो टिमले पहिले ‘चपली हाइट’लाई नै प्राथमिकता दिने भएको हो । अघिल्ला दुई सिरिजमा कप्तानी निभाएका निर्देशक दीपेन्द्र के खनाल भने यसपालि यो सिरिजमा अटाएनन् ।









