शिक्षा मन्त्री नै भन्छन् उच्च शिक्षामा अराजकता छ

शिक्षा मन्त्री नै भन्छन् उच्च शिक्षामा अराजकता छ

९ असार, काठमाण्डौ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले उच्च शिक्षामा अराजकता रहेको स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत शिक्षा, विज्ञान तथा प्रविधि शिर्षक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंदै उनले उच्चशिक्षामा अराजकता रहेको बताएकाहुन् ।उनले उच्चशिक्षामा देखिएको अराजकता नियन्त्रणका लागि आवश्यक ऐन बनाउने काम भईरहेको जानकारी दिए । विद्यालय शिक्षा संग सम्बन्धीत र उच्चशिक्षा संग सम्बन्धित ऐन निर्माणको चरणमा मन्त्रालय रहेको पनि उनले स्पष्ट पारे ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको सम्बन्धमा भएका पहलबारे जानकारी गराउदै उनले चिकित्सा शिक्षा ऐनको आधारमा आयोग गठन गर्ने क्रममा उपाध्यक्ष छनौटको लागि सर्च कमिटी गठन भएको र यो बीचमा प्रधानमन्त्रीको अध्यक्षतामा पदेन सदस्यहरु रहेर केही निर्णय गरिएको जानकारी दिए । उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्रीको अध्यक्षतामा कार्यदल बनेको र त्यसले आयोगको संगठन संरचना, नियमावलि, साझाप्रवेश परीक्षा र शुल्क सम्बन्धी अलग अलग कार्यदलले कामहरु अगाडि बढाईरहेको भन्दै उनले ती कार्यदलका प्रतिवेदनहरु आयोगको बैठकमा छिट्टै प्रस्तुत हुने बताए । ऐनले व्यवस्था गरे अनुसारको आयोगलाई पुर्णता दिने र व्यवस्थित गर्ने दिशामा मन्त्रालय अघि बढेको पनि उनले स्पष्ट पारे ।

सांसदहरुले चिकित्सा शिक्षा र उच्च शिक्षामा देखिएको विकृति विसंगती बारेमा मन्त्रालयको ध्यानाकर्षण गराउदै नियन्त्रणका लागि भएको पहलबारे जिज्ञासा राखेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.