९ असार, विराटनगर ।
प्रदेश १ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता यही असार १६ गतेदेखि सुरु हुने भएको छ । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो ।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को सहयोगमा अखिल नेपाल फुटबल संघको आयोजनामा पहिलो पटक प्रदेश स्तरीय लिग हुन लागेको एन्फाका सचिव किरण राईले जानकारी दिए ।
प्रदेश १ भित्रका १४ वटै जिल्ला समावेश खेल तिनवटा स्थानमा उद्घाटन खेल हुनेछ । जसमा उदयपुरको गाइघाटमा १६ गते देखि खेल सुरु हुनेछ । मोरङ, उदयपुर,सोलुखुम्बु खोटाङ र ओखलढुंगाबीचको खेल गाइघाटमा हुने राईले जानकारी दिए ।
यसैगरी सुनसरीको धरानमा १७ गतेदेखि तेह्रथुम, धनकुटा , भोजपुर ,संखुवासभा र सुनसरीबीच खेल हुनेछ । यसैगरी १८ गते इलाममा खेल हुनेछ । इलाममा हुने खेलमा झापा, पाँचथर, इलाम र ताप्लेजुङबीच खेल हुनेछ ।
एन्फाको ३३ लाख र प्रदेश सरकारको १ करोडको लागतमा हुने खेलमा ३३ वटा जम्मा म्याच हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तयारी स्वरुप प्रत्येक क्लबलाई ५० हजार र १५ थान फुटबल प्रदान गर्ने राईले जानकारी दिए ।
३ स्थानमा भएको खेलबाट ६ टिम छनौट भएर विराटनगरमा फाइनल खेल हुनेछ । यद्यपी मिति भने फाइनल खेलको टुङो लागेको छैन । पहिलो पुरस्कार ५ लाख, दोस्रो पुरस्कार ३ लाख, तेस्रो , चोथो, पाँचौ र छैटो प्रत्येक टिमलाई ७५ हजार पुरस्कार राखिएको छ ।
यस्तै दुर्नामेन्टको उत्कृष्ट खेलाडीलाई १ लाख दिइने छ भने म्यान अफ द म्याच लाई ५ हजार , फाइनलको म्यान अफ द म्याचलाई १० हजार र विभिन्न ६ वटा विद्याका खेलाडीहरुलाई २५ हजार प्रदान गरिने छ ।