९ असार, विराटनगर । विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले एक बालकको जटिल समस्याको सफल शल्यक्रिया गरेको छ ।
अस्पतालमा यही जेठ २६ गते भारतको साहेवगञ्ज घर भएका १२ वर्षीय दिपप्रकाशको हातको सफल शल्यक्रिया गरेको हो । दिपप्रकाशको लिच्चिको रुखबाट लडदा देव्रे हात र खुट्टाको हड्डी बाहिर निस्कनुका साथै देव्रे कुहिनाको रक्तनली चुडिएको थियो । उनलाई अत्यधिक रक्तस्राव भएपछि अस्पताल ल्याइएको थियो । त्यहाँ हाडजोर्नी विभागका प्रमुख डाक्टर प्रदिपकुमार गुप्ताको नेतृत्वमा डा.सुवासचन्द्र झा, डा.मिथलेश गुप्ता, डाक्टर अजय चौधरी र डाक्टर अजय महतोको टिमले ६ घण्टाको लामो अप्रेशन गरेपछि बच्चाको हातको सफलतापूर्वक अप्रेशन गरेको थियो । १२ दिनपछि उनको नसा जोडिएर सबै औंलाहरु पूर्णरुपले चलेका छन् ।
सो अवसरमा पछिल्लो समय विशेषज्ञ चिकित्सकसहितको सेवा सुविधामा वृद्धिगरेको अस्पतालका संचालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।