बीपी प्रतिष्ठानमा कानुनविपरीत विदेशी विद्यार्थीलाई बढी कोटा

बीपी प्रतिष्ठानमा कानुनविपरीत विदेशी विद्यार्थीलाई बढी कोटा

काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा ऐनविपरीत स्नातकोत्तर (पीजी) कार्यक्रममा ५० प्रतिशतभन्दा बढी विदेशी विद्यार्थीका लागि भर्ना खोलेको छ। चिकित्सा शिक्षा ऐनअनुसार विदेशी विद्यार्थीका लागि कुल संख्यामा एक तिहाइ (३३ प्रतिशत) भन्दा बढी सिट छुट्याउन पाइँदैन।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

बीपी प्रतिष्ठानले पीजी भर्नाका लागि असार ७ गते प्रकाशन गरेको विज्ञापनमा सर्जरी, बालरोग (पेडियाट्रिक्स), मेडिसिन, एनेस्थेसिया, नाक–कान–घाँटी (ईएनटी) लगायतका विषयमा विदेशी विद्यार्थीका लागि ५० प्रतिशतभन्दा बढी सिट छुट्याइएको छ। सर्जरीतर्फ ६ सिटमा २ नेपाली र ४ विदेशी विद्यार्थीलाई छुट्याइएको छ । बालरोग र मेडिसिनका ५–५ सिटमा नेपालीलाई २र२ सिट मात्रै उपलब्ध छ।

अभियन्ता डा. गोविन्द केसीले अघि सारेका पीजी कार्यक्रमको निरन्तरता दिँदै यसमा नेपाली विद्यार्थीले अधिकतम स्थान पाउनुपर्ने, पीजी निःशुल्क हुनुपर्ने जस्ता मागमा आंशिक सहमति जनाउँदै सरकारले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेको थियो। चिकित्सा शिक्षा ऐन २०७५ को दफा १७ ९५० ले ‘स्नातक तथा स्नातकोत्तर तहका लागि तोकिएका कुल सिट संख्यामध्ये विदेशी विद्यार्थीको संख्या एक तिहाइभन्दा बढी हुने छैन’ भनिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.