१० असार, काठमाण्डौ ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।
काठमाडौमा सोमबार आयोजितकार्यक्रममा नेता थापाले विधानमा नभएको कुरा नियमले परिर्वतन गर्न नपाईने भन्दै महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने तर्क गरेका हुन् । उनले महाधिवेशननगरि फेरी पनि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने कामभए पार्टीले सबैभन्दा ठुलो घाटा व्यहोर्नुपर्ने दाबी गरे। नेता थापाले सम्पुर्ण कार्यकर्ताहरु महाधिवेशनमा जानु पर्नेमा भएपनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे । उनले संघीय संरचना अनुसार पार्टीको तल्लो निकाय अहिले सम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्म साथ गर्न नसकेको स्पष्ट देखिएको टिप्पणी गरे । उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिष्ट सरकारका गलत हरकतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्क गरे । उनले सरकारका गलतकार्य विरुद्ध सडकको तागतलाई सदनसंग एकाकार गर्नका लागि बैचारिक दृष्टिले पनि कांग्रेस स्पष्ट हुनु आवश्यक रहेको बताए ।
अर्का नेता प्रदीप पौडेलले कमिसनलाई बैधता दिने, वाईडवडी विमान प्रकरण, बालुवाटार जग्गा र टुँडिखेल लगायतविरुद्ध कांग्रेसले सदनमा सशक्त आवाज उठाउन नसकेको टिप्पणी गरे । जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई सदनमा शसक्त ढंगले उठाउन सक्ने हो भने नेपाली जनताले सडकमै उठेर कांग्रेसलाई समर्थन गर्ने दाबी गरे ।
नेता कृष्ण प्रसाद सिटौला पक्षले सोमबार राजधानीमा समसामयिक राजनितिक परिस्थिति र नेपाली काग्रेसको भुमिका विषय अन्र्तरक्रिया गरेको हो ।