अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा

१० असार । साविक विजेता अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै अमेरिका क्वाटरफाइनलमा पुगेको हो । अमेरिकालाई जित दिलाउन मेगान रापिनोएले पेनाल्टीमार्फत दुई गोल गरिन् । स्पेनकि जेनिफर हेर्मोसोले एक गोल फर्काइन ।

अब क्वाटरफाइनलमा अमेरिकाले आयोजक फ्रान्ससँग खेल्नेछ । उता, क्यानडालाई १–० ले हराउँदै स्वीडेन पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्वीडेनले अब सेमिफाइनल प्रवेशका लागि अर्को युरोपियन प्रतिद्वन्द्वी जर्मनीसँग खेल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.