१० असार । साविक विजेता अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै अमेरिका क्वाटरफाइनलमा पुगेको हो । अमेरिकालाई जित दिलाउन मेगान रापिनोएले पेनाल्टीमार्फत दुई गोल गरिन् । स्पेनकि जेनिफर हेर्मोसोले एक गोल फर्काइन ।
अब क्वाटरफाइनलमा अमेरिकाले आयोजक फ्रान्ससँग खेल्नेछ । उता, क्यानडालाई १–० ले हराउँदै स्वीडेन पनि प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्वीडेनले अब सेमिफाइनल प्रवेशका लागि अर्को युरोपियन प्रतिद्वन्द्वी जर्मनीसँग खेल्नेछ ।