१० असार, विराटनगर ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ ।
ओपन हार्ट सर्जरी सुरु गर्नकालागि अन्तिम तयारी भईरहेको नोबेल अस्पतालले जनाएको छ । असार महिनाभित्रै सेवा सुरु गरिने मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए । नेपालका केहि अस्पतालहरुमा मात्रओपन हार्ट सर्जरी हुने गर्दछ । जसका कारण बिरामीहरुले सहज रुपमा सेवा पाउँन कठिन हुने गरेको छ । तर, अव नोबेलले यो सेवा सुरु गरेपछि बिरामीहरुलाई थप सहज हुनेछ ।
ओपन हार्ट सर्जरीका लागि अत्याधुनिक उपकरण र बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाईएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ओपन हार्ट सर्जरीका लागि गंगालाल अस्पताल र नोबेल बीच प्राबिधिक सहयोग एवं सहकार्यको सम्झौता भएको थियो । सोहि क्रममा बोल्दै अस्पताल सञ्चालक डा.शर्माले ओपन हार्ट सर्जरी चाडै सुरु गर्ने घोषणा गरेका थिए ।
स्तरीय उपचारलाई प्राथमिकता दिदै आएको नोबेलले २०७२ सालबाट क्याथ ल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको छ । यसअघि मुटुको चाल गढबढी सम्बन्धि उपचारकालागि नोबेलले मोफसलमै पहिलो पटक ईपील्याव सञ्चालन गरेको थियो । मुटु रोगको गुणस्तरीय उपचारकालागिनोबेलले केहि महिना अघि नेपालमै पहिलो पटक अत्याधुनिक थ्रीडी ओसिटी मेसिन प्रयोगमा ल्याएको छ ।
जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुँने यो मेसिन कोरोनरी आर्टरी सागुरिएका बिरामीको ब्लकेज खोल्ने क्रममा स्टेण्ट राख्न अत्यन्तै उपयोगी मानिन्छ ।