विप्लवको बन्द प्रभाव : देशभर के भयो ?

विप्लवको बन्द प्रभाव : देशभर के भयो ?

१० असार, काठमाडौँ ।
विप्लव नेतृत्वको नेकपाले मंगलबार आव्हान गरेको नेपाल बन्दले देशका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । बन्दका कारण विद्यालय, बजार तथा उद्योग, कलकारखानासमेत यसको प्रभावमा परेका छन् । यस क्रममा बन्द गराउँदै हिँड्ने ७ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौंको सुकेधाराबाट ट्याक्सी चालक भोगीराज राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी मुख्यालयका प्रवक्ता डीएसपी विश्वराज पोखरेलका अनुसार राई सहित कास्कीबाट एक, मकवानपुरबाट एक र रुकुम पश्चिमबाट ४ जना विप्लव कार्यकर्ता पक्राउ परेका छन् । मंगलबार दिउँसो १२ बजेसम्म देशैभर २२ ठाउँमा स्थानमा शंकास्पदवस्तु फेला परेको र ९ स्थानमा होक्स बम(नक्कली बम)राखिएको भेटिएको डिएसपी पोखरेलले जानकारी दिए ।

तीन ठाउँमा ग्यास सिडिन्डर बम, २ स्थानमा सकेट बम, एउटा सुतली बम फेला परेका छन्। त्यसैगरी एक स्थानमा टाइम र एक स्थानमा आइसी आरडी फेला परेको प्रवक्ता पोखरेलले बताए। प्रहरीका अनुसार बन्दका क्रममा ४ ठाउँमा तोडफोड भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.