पथरीशनिश्चरेले ल्यायो ७२ करोड ५२ लाखको बजेट

पथरीशनिश्चरेले ल्यायो ७२ करोड ५२ लाखको बजेट

१० असार, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ का लागि ७२ करोड बढी रुपैयाँको अनुमानित बजेट पारित गरेको छ ।

मंगलबारको पाँचौं नगरसभाले नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलामार्फत प्रस्तुत नीति कार्यक्रम सहित ७२ करोड ५२ लाख ६४ हजार रुपैयाँको बजेट पारित गरेको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले बताए । उनले वुधवार पत्रकार सम्मेलनमार्फत नीति, कार्यक्रम तथा बजेटका बारेमा नगरवासीलाई जानकारी गराइने वताए । १० वटा वडा रहेको नगरमा आर्थिक वर्ष ०७६÷७७ का लागि १ करोड रुपैयाँको दरले वडाको बजेट सिलिङ तय भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.