तीन दिन देखि बन्द विराटनगर भन्सार नाका खुल्यो

तीन दिन देखि बन्द विराटनगर भन्सार नाका खुल्यो

१२ असार, विराटनगर ।
जीर्ण सडक मर्मतको माग राख्दै भारतीय सीमावर्ती बजार जोगबनीका स्थानीयको आन्दोलनका कारण तीन दिनगदेखि बन्द रहेको विराटनगर भन्सार नाका बिहीबार साझबाट सुचारु भएको छ ।

पूर्वकै ठूलो भन्सार नाका तीनदिन बन्द हुदा आयात निर्यात ठप्प हुदा राजस्व संकलन प्रभावित भएको छ । दैनिक रुपमा १५ करोड राजस्व संकलन हुने विराटनगर भन्सार कार्यालय ३ दिन देखि ठप्प हुदा राजस्व संकलनमा प्रभावित भएको हो । यही नाका हुँदै दैनिक ३ सयभन्दा बढी मालबाहक सवारी आवतजावत गर्ने गर्दछन् । ८० टनसम्मका मालबाहक सवारी आवतजावत गर्ने गरेको विराटनगर भन्सार नाकामा आन्दोलनकारीले जोगबनीतर्फबाट तीन दिनदेखि एउटा पनि मालबाहक सवारी छिर्न नदिदा राजस्व संकलन प्रभावित भएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मणिराम पौडेलले बताए ।

जीर्ण सडक मर्मतको माग राख्दै भारतीय सीमावर्ती बजार जोगबनीका स्थानीयको आन्दोलनका कारण विराटनगर नाकाबाट हुने आयात निर्यात भएको थियो । यद्यपि आन्दोलनकारी र जोगबनी नगर पञ्चायतले जीर्ण सडक मर्मत गर्नेतर्फ सहमति गरेपछि बिहिबार साझ देखि आवतजावत सुचारु भएको स्थानीय व्यापारीले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.