एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप २०१९ मा वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको छ । बिहीबार म्यानचेस्टरमा भएको खेलमा भारतसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित हुँदै वेस्टइन्डिजको यात्रा समाप्त भएको हो ।
भारतले पछिल्लो पटक सन् २०११ मा वेस्टइन्डिजलाई ८० रनले हराएको थियो। यस जीतका साथ भारतले ६ खेलबाट ११ अंक जोडेको छ। अंक तालिकामा भारत तेस्रो स्थानमा छ।२ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३४.२ ओभरमा अल आउट हुँदै १ सय ४३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि ओपनर सुनिल एम्ब्रिसले सर्वाधिक ३१ रनको योगदान दिए । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । निकोलस पुरन २८,शिम्ररोन हिटमायर १८,केमर रोच १४ र शिल्डन कर्टेलले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।