कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

१३ असार, काठमाडौं ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गत जेठ २५ र २६ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो ।

ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको छ । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।

जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटो निर्धारण गरेको छ ।

पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.