११ महिनामा झण्डै २ लाखले लिए श्रम स्वीकृति, कतारको लागि सबैभन्दा बढी

११ महिनामा झण्डै २ लाखले लिए श्रम स्वीकृति, कतारको लागि सबैभन्दा बढी

१३ असार, काठमाडौँ ।

वैदेशिक रोजगार विभागबाट पछिल्लो ११ महिनामा १ लाख ८९ हजार ३०२ नेपालीले श्रम स्वीकृति पाएका छन् । विभागका अनुसार २०७५ साल साउनदेखि २०७६ जेठसम्म १ लाख ७३ हजार ६४२ जना पुरुष र १५ हजार ६६० महिलाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।

विभागको तथ्याङ्क अनुसार रोजगारीका लागि कतार, युएई र साउदी अरेबिया जाने युवाको संख्या उच्च छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा सबैभन्दा बढी ६६ हजार ३७ जनाले कतार, ४८ हजार ८२६ यूएई, ४० हजार ६४३ जनाले साउदी अरवियाको लागि श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि १ लाख ८२ हजार ७३२ ले श्रम स्वीकृति लिएका थिए । जम्मा महिला संख्या १३ हजार ६५६ र पुरुषको संख्या २ लाख ७५ हजार १५३ थियो । यस्तै आर्थिक वर्ष २०७४/७५ मा २ लाख ८८ हजार ८०९ले श्रम स्वीकृति पाएका थिए ।

(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.