१३ असार, २०७६ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग द्विपक्षीय टी(ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।
मलेसियाको घरेलु मैदानमा नेपालले आगामी जुलाईमा दुई खेलको सिरिज खेल्ने भएको हो । नेपालले गत माघमा युएईसँगको सिरिजपछि पहिलो पटक टी—ट्वान्टी सिरिज खेल्न थालेको हो ।
नेपाल र मलेसियाबीचको सिरिज जुलाई १३ र १४ मा हुनेछ । दुवै खेल किनरारा ओभलमा हुनेछन् ।