१३ असार, काठमाडौं ।
सरकारले यहीअसार १५ र १६ गते ‘राष्ट्रिय श्रम तथा रोजगार’ सम्मेलन आयोजना गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी काठमाडौंमा सो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । मुलुकमा रोजगारीको समस्या समाधान गर्ने गरी सरोकारवाला व्यक्ति, निकाय र विज्ञहरुसँग पर्याप्त छलफल गर्ने उद्देश्यका साथ दुई दिने सो सम्मेलन आयोजना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए । सम्मेलनमा रोजगारीको अवसर सृजना गर्ने क्षेत्रको पहिचान पनि गर्ने गरी कार्यपत्र प्रस्तुत गरिनेछ । प्रस्तुत कार्यपत्रको आधारमा सरकारले युवा वेरोजगारी समस्या समाधानका लागि आवश्यक नीति, कानुन र कार्यक्रम तय गर्ने पनि मन्त्री विष्टले बताए ।
प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्नु हुने सो सम्मेलनमा सम्बन्धित क्षेत्रका एक हजारभन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो सम्मेलनमा नेपालीश्रम बजारको अवस्था र आयको स्थिति, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचनाप्रविधि, रोजगारीका लागि सीपविकास लगायतका क्षेत्रमा विस्तृत छलफल गर्नेगरी कार्यपत्र प्रस्तुतगर्ने एजेन्डा पनि तय गरिएको जनाएको छ ।
मन्त्री विष्टले सम्मेलनमा नेपाली रोजगारदाता संस्थाहरुबारे जानकारी दिने खालकाप्रर्दशनी स्टलहरु पनि राखिने बताए ।