१४ असार, काठमाडौँ ।
विनियोजन विधेयक २०७६ को आंगिक विधेयक मध्येको आर्थिक विधेयक २०७६ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक २०७६ लाई बहुमतले पारित गरेको हो ।
यसअघि विधेयकमाथि परेका संसोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए । सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक विधेयक २०७६ लाई पास गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
विधेयकमाथि संसोधन प्रस्ताव राख्दै नेपाली कांग्रेसका छायाँ अर्थमन्त्री सांसद मिनेन्द्र रिजालले करलाई नीतिगत औजारको रुपमा विकास गर्र्न प्रस्ताव गरेका थिए । आयकरलाई प्रगतिशिल करको रुपमा बढाउनका लागि सरकार तयार नभएसम्म प्रगति हासिल नहुने भन्दै त्यसको सुरुवात गर्न उनले सुझाव दिए ।
उनले ढुवानी सेवामा लगाईएको कर हटाउन प्रस्ताव गरेका छन । छफलमाथि आएका जिज्ञासा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आयकर करको आधार हुनुपर्ने विषयमा सरकार सहमत रहेको बताए । उनले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउदै आयातमा आधारित कर प्रणालीलाई आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित कर प्रणालीमा रुपान्तरण गर्ने तर्फ सरकार लागेको बताए ।
विधेयकमाथिको छलफलमा सांसदहरु दिव्यमणि राजभण्डारी,प्रदिप गिरी, डिला संग्रौला पन्तले धारणा राखेका थिए ।