श्रीमतीसँग मनमुटाव बढेपछि युवकद्धारा लिङ्ग छेदन

श्रीमतीसँग मनमुटाव बढेपछि युवकद्धारा लिङ्ग छेदन

केराबारी : मोरङको लेटाङ नगरपालिका– ३ कमलपुरका एक युवकले बिहीबार दिउँसो आफ्नै घरमा लिङ्ग छेदन गरेका छन् । केही समयदेखि लेटाङको त्रिशुली चोकस्थित ससुराली घरमा बस्दै आएका कमलपुर निवासी २१ वर्षीय सुनिल राईले अचानोमा राखेर आफ्नै लिङ्गको आधा भन्दा बढी भाग छिनाएका हुन् ।

छेदनपछि उनले लिङ्गको आधा भाग घरको टेबलमा राखेका थिए । लिङ्ग छेदनपछि अत्याधिक रक्तश्रावका कारण अचेत बनेका राईको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । दिउँसो करिब २ बजे आफ्नै लिङ्गको करिब आधा भन्दा बढी भाग छेदन गरेर घाईते अवस्थामा भेटिएको राईका साला टेकबहादुर तामाङले बताए ।

१७ वर्षकै उमेरमा स्थानीय यूवतीसँग विवाह गरेका राई ससुरालीमै बस्दै आएका थिए । पारिवारिक स्रोतका अनुसार श्रीमान– श्रीमतीबीच मनमुटाव बढ्दै गएपछि केही दिनयता उनी दैनिकजसो मादक पदार्थ सेवन गरेर घरमा झगडा गर्दै आएका थिए ।

स्थानीय पत्रकार डम्बर सिन्चौरीले श्रीमतीसँग झगडा गरिरहने राई केही महिनादेखि मानसिकरुपमा विछिप्त भएकाले यस्तो कार्य गरेको हुन सक्ने बताए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.