४ दिनमै आमाको काजकिरिया सकेपछि समाजबाटै बहिस्कारको धम्की

४ दिनमै आमाको काजकिरिया सकेपछि समाजबाटै बहिस्कारको धम्की

काठमाडौं : तराई मधेशमा मृत्यु संस्कार गर्ने परम्परा लामो छ। झन् मधेशी समुदायमा त मृत्यु संस्कारमा आर्थिक भारसमेत पर्ने गरेको छ। आर्थिक भारमा कतिपय परिवार बिचल्ली भएका घटना सार्वजनिक हुँदै आएका छन्।

पुरानो रुढीबादी संस्कारको विरोध गर्दै आएका सिरहाको सन्हैठा निवास पूर्वपत्रकार तथा समाजवादी पार्टीका नेता रामरिझन यादवले आफ्नी आमाको मृत्यु संस्कार चार दिनमै सकेका छन्। तर, १३ दिनमा सक्नुपर्ने मृत्यु संस्कार चार दिनमै सकेको र भोज पनि नगरेको भन्दै स्थानीयबासीले यादवलाई सामाजिक बहिस्कार गरेका छन्।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यादबले आफ्नी आमा ८८ वर्षीया जगियादेवी यादवको काजकिरिया चार दिनमै सकेका हुन्। चार दिनमा काजकिरिया सकेका यादबले बिहीबार घरमै श्रद्धाञ्जली सभा गरे। श्रद्धाञ्जली कार्यक्रममा बौद्धिक व्यक्तित्व, विभिन्न पार्टीका नेता कार्यकर्ता त आए, तर छिमेकी नै गएनन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.