चिकित्सकीय लापरबाहीले मृत्यु हुनेको तथ्यांक संकलन गरिने

चिकित्सकीय लापरबाहीले मृत्यु हुनेको तथ्यांक संकलन गरिने

काठमाडाैं : पछिल्लो समय बिरामीको सुुरक्षा विश्वव्यापी विषय बन्दै गएको छ । त्यसैले चिकित्सकीय कमजोरीका कारण मृत्यु हुनेको विषयमा राज्यको चासो पनि बढ्दै गएको छ । अमेरिकामा चिकित्सकको लापरबाहीका कारण प्रत्येक वर्ष दुई लाख ५० हजार बिरामीको मृत्यु हुने गरेको छ ।

अमेरिकास्थित रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुकले वर्षमा दुई लाख ५० हजार बिरामी अस्पतालमै मृत्युवरण गर्न पुग्छन् । नेपालमा भने यसको तथ्यांक न सरकारसँग छ, न अस्पतालहरूसँग नै ।

चिकित्सकका कारण बिरामीको मृत्यु हुनेक्रम बढेपछि सरकारले उनीहरूको तथ्यांक राख्न अस्पतालहरूलाई निर्देशन दिने भएको छ । ,यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.