अढाई वर्षकी बालिकालाई यौन दुव्र्यवहार गर्ने ब्यक्ति पक्राउ

अढाई वर्षकी बालिकालाई यौन दुव्र्यवहार  गर्ने ब्यक्ति पक्राउ

१४ असार, विराटनगर ।
२ बर्ष ६ महिनाकी नाबालिकालाई बाल यौन दुव्र्यवहार गर्ने २३ वर्षीय एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

बुधबार विराटनगर– ९ की नाबालिकालाई बाल यौन दुरूपयोग गरिरहेको अवस्थामा बालिकाका परिवारका सदस्यले फेला पारी प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका उनलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ को बाल यौन दुरूपयोग कसुर अन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.