१४ असार, विराटनगर ।
मोरङको सुनवर्षी नगरपालिकामा सेफ्टी टंकीको सेट्रिङ्ग खोल्न पसेका ४ जना मजदुरको निस्सासिएर मृत्यु भएको छ । त्यस्तै एक जना गम्भीर घाईते भएका छन् ।
मृत्यु हुनेमा सुनवर्षी नगरपालिका–९ का २० वर्षीय मो. फिरोज आलम, २५ वर्षीय सहनवाद, ४५ वर्षीय कपिल आलम र २२ वर्षीय मो. ओसिब आलम रहेको र सो घटनामा ४० वर्षीय दाउद मियाँ गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
शनिबार अन्दाजी ४ बजेको समयमा सुनवर्षी नगरपालिका–९ डायनिया स्थित मस्जिदको कम्पाउण्डमा निर्माणाधिन सेफ्टी टंकीमा पस्ने क्रममा बेहोस भएका थिए ।

अचेर अवस्थामा रहेको भन्ने खबर पाउनासाथ डायनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोली तथा स्थानियबासी समेतको सक्रियतामा उद्धार गरी रंगेली अस्पताल ल्याईएको थियो ।
उनीहरुलाई थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषित गरेको थियो ।घाईते मियाँको रंगेली अस्पतालमा उपचार भईरहेको जनाईएको छ ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।