‘जवान छोरा सहिद भएर म बुढो बाँचेको यही दिन देख्न रहेछ’

‘जवान छोरा सहिद भएर म बुढो बाँचेको यही दिन देख्न रहेछ’

काठमाडाैं : प्रदेश २ सरकारले मधेश आन्दोलनका सहिद परिवारका लागि भन्दै भैँसी किनेर पार्टीका नेता तथा पूर्वमन्त्रीलाई वितरण गरेको छ। सिरहामा सरकारले बाँडेको भैँसी पूर्वमन्त्री र पार्टीका नेताका आफन्तसम्मको गोठमा पुगेको छ।

पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता राजलाल यादव र उनका छोरीज्वाइँ रमेशकुमार यादवले सहिद परिवारका नाममा आएको भैँसी पाएका छन्। उनीहरुलाई भूमि व्यवस्था तथा कृषि एवं सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार लहानस्थित पशुपति आदर्श माविको प्रांगणमा भैँसी हस्तान्तरण गरेका थिए।

मधेश आन्दोलनमा सिरहाबाट ६ जना सहिद भएका थिए। यो जिल्लामा सरकारले १८ परिवारलाई भैँसी बाँडेको छ। तर, तीन सहिद परिवारले भैँसी पाएका छैनन्। सहिद रमेशकुमार महतो, बेचन यादव र प्रमोद सदायका परिवारले मात्रै सरकारी भैँसी पाएका छन्।

सहिद विजयकुमार सहनी, मोहम्मद अनिस र राजेशकुमार ठाकुरका परिवारले भने भैँसी पाएका छैनन्। पहुँचका आधारमा सहिद परिवारबाहेकका राजनीतिक व्यक्तिलाई भैँसी बाँडेको भन्दै पीडितले आपत्ति जनाएका छन्। सहिद विजयकुमार सहनीका बुबा लक्ष्मी सहनीले भने, ‘जवान छोरा सहिद भएर म बुढो बाँचेको यही दिन देख्न रहेछ।’, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.