आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, काठमाडौं ।
आज ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गते । आज नेपालभर धान दिवस मनाइँदैछ । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आईएको छ ।

यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ । कृषि विभाग अन्तर्गत गठित सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिले बर्दियामा धान दिवसको विशेष कार्यक्रम समेत आयोजना गरेको छ ।

कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ जसमा तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गर्दछन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.