विराटनगरको बरगाछीमा कारले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

विराटनगरको बरगाछीमा कारले मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

१५ असार, विराटनगर ।
मोरङको बिराटनगर महानगरपालिका–४ बरगाछीमा कारले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राती ११ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा २० च ७४० नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको को ३५ प ५६३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक बिराटनगर–१२ का १८ बर्षीय शंकर कुमार मिश्र गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि बिराट नर्सिङहोम पठाईएकोमा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने कार वडा प्रहरी कार्यालय बिराटनगरले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.