मोरङका ग्रामीण क्षेत्रमा यसरी मनाइँदै राष्ट्रिय धान दिवस (फोटो फिचरसहित)

मोरङका ग्रामीण क्षेत्रमा यसरी मनाइँदै राष्ट्रिय धान दिवस (फोटो फिचरसहित)

१५ असार, विराटनगर ।
राष्ट्रिय धान दिवस मोरंङमा पनि ग्रामीण क्षेत्रहरुमा धान रोपेर दही चिउरा खांदै मनाइएको छ । बुढीगंगा गांउपालिकामा मनाइएको धान दिवस कार्यक्रमको गांउपालिकका प्रमुख बालचन्द्र माझीले हलो जोतेर उद्घाटन गरे ।

परिवर्तनका लागि हाम्रो अभियान नामक संस्थाको आयोजनामा गरिएको कार्यक्रममा गांउपालिका पदाधिकारी सहित विभिन्न वडाका प्रतिनिधि,समाजका अगुवा,युवायुवती सहित कृषक र सर्वसाधारण सहभागि भएका छन् । ‘अब युवाले गर्छ कृषिको सम्मान’ नारासहित आयोजित कार्यक्रम अन्र्तगत बुढीगंगा–६ डंग्राहाको हिलाम्मे खेतमा धान रोपिएको छ ।

रोपाइको क्रममा सहभागिले एकआपसमा हिलो छ्यापाछ्याप गरेर मनोरंजन समेत गरेका थिए । कार्यक्रमका सहभागि ६ दर्जन बढी ब्यक्तिले खेतमा धान रोपेपछि दहीच्युरा खाएर दिवस मनाएका छन् । सो अवसरमा प्रमुख माझीले किसानहरुलाई कृषि पेशातर्फ आर्कषित गर्न गांउपालिकाले उन्नत बिउ उपलब्ध गराउनुका साथै आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.