१५ असार, काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकेटमा आइतबार भारत र घरेलु टिम ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाईनलमा स्थान बनाउन दुवै टिमलाई जित महत्वपूर्ण छ । बर्मिङघममा हुने खेल दुई देशका लागि जति महत्वपूर्ण छ त्यो भन्दाबढी पाकिस्तानका लागि भारत जित महत्वपूर्ण छ ।
आइतबारको खेलमा भारतले जिते मात्रै पाकिस्तान विश्वकपमा रहिरहने छ । यदि भारत पराजित भए विश्वकपमा ईङ्ल्याण्ड रहीरहने छ भने पाकिस्तान बाहिरिने छ । विश्वकपमा भारतको सेमिफाइनल यात्रा भने लगभग सुनिश्चित नै देखिएको छ । अहिलेसम्म भारत एक खेलमा पनि पराजित भएको छैन ।
खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । ईङ्ल्याण्डविरुद्व जित हासिल गरेको अवस्थामा भारत सेमिफाईनलमा स्थान बनाउनेछ । तर ईङ्ल्याण्डले हारले विश्वकपमा उसको अवस्था कठिन मोडमा पुग्नेछ । सेमिफाईनल सम्भावनालाई कायम राख्न ईङल्याण्डलाई जितको विकल्प छैन ।
भारत ६ खेलबाट ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । ईङल्याण्ड ७ खेलबाट ८ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । शनिबारको खेलमा पाकिस्तानको जितले समेत घरेलु टोलीमाथि दबाब बढाएको छ । माथिल्ला क्रमका ब्याट्सम्यान र बलरको प्रर्दशनले भारतले आफुलाई अब्बल सावित गरिरहेको छ ।
यता प्रतियोगिताको मुख्य दाबेदार मानिएको ईङ्ल्याण्डले सुरुवाती ५ खेलमा ४ खेल जितेर आफुलाई अब्बल सावित गरेको थियो । तर श्रीलंका र अष्ट्रेलियाविरुद्व आफुलाई सम्हाल्न नसक्दा घरेलु टोली पराजित हुन पुगेको थियो । बाँकी दुई खेलमा एक हारले ईङ्ल्याण्डलाई विश्वकप बाहिर समेत राखिदिन सक्नेछ ।