एकैपटक चार जनाको मृत्यु भएपछि सुनवर्षीमा शोक बिदा

एकैपटक चार जनाको मृत्यु भएपछि सुनवर्षीमा शोक बिदा

१५ असार, विराटनगर ।
मोरङ्गको सुनवर्षी नगरपालिका—९ मा बन्दै गरेको मकर्ज (मुस्लिम समुदायको प्रार्थना गर्ने स्थान) को सेफ्टि ट्याङकीको फर्मा खोल्ने क्रममा चार जनाको ज्यान गएको घटनामा शोक प्रकट गर्दै सुनवर्षी नगरपालिकाले आइतबार बिदा दिएको छ ।

स्थानीय नगरपालिका अन्तर्गतका सम्पूर्ण शैक्षिक संस्था, वडा कार्यालय विदा दिइएको नगरपालिकाले जनाएको छ । सेफ्टिट्यांकीको फर्मा खोल्न पसेका साथीलाई उद्दार गर्न खोज्दा मो. फिरोज आलम, मो. सहनवाद, कफिल आलम र मो. वसिब आलमको मृत्यु भएको थियो ।

फर्मा खोल्न बासको भर्याङबाट पसेका साथीलाई उद्दार गर्न पसेका चारै जनाको निसास्सिएर मृत्यु भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.