१५ असार, काठमाण्डौ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपड रावलले स्थायी कर्मचारीहरुलाई लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भागलिन पाउने कानुनी व्यवस्था हटाउन सरकारसँग माग गरेका छन् ।
संघीय संसदको राज्यव्यवस्थातथा सुशासन समितिको आईतबारको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भागलिँदै सांसद रावलले स्थायी कर्मचारीलाई लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भागलिनपाउने कानुनी व्यवस्था हटाउन सरकारसँग मागगरेका हुन् । लोक सेवाआयोगको आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने स्थायीकर्मचारीहरुले खुलाप्रतिस्पर्धामाभागलिने हो भने राजीनामादिएर आउनुपर्ने उहाँको तर्क छ ।
सांसद रावलले लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा नयाँ नागरिकहरुलाई मौका दिन पनि स्थायी कर्मचारीहरुलाई त्यसमा प्रतिस्पर्धा गर्ने कानुनी प्रावधान हटाउन न्यायोचित हुने पनि स्पष्ट पारे । यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भने कार्य सम्पादनमा समस्यान हुने गरी स्थायी कर्मचारीहरुले पनि लोक सेवा आयोगको खुलाप्रतिस्पर्धामा भाग लिँदा फरक नपर्ने धारणा राखे । तर उनीहरुले लोक सेवा आयोगको तयारीका कारण राम्रो कार्य सम्पादन गरे/नगरेको भन्ने सरकारले कडा निगरानी राख्नुपर्ने उनको भनाई छ ।
सो विधेयकमा स्थायी कर्मचारीले आन्तरिक र खुला दुवै प्रतिस्पर्धामा भाग लिन पाउने विगतकै प्रावधानलाई निरन्तरता दिइएको छ ।