१५ असार, विराटनगर ।
विराटनगर महानगरपालिकाको सहयोगमा आज महानगर स्तरीय महामारी पूर्वतयारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनशक्ति तथा सामुदायिक विकास केन्द्र विराटनगर आयोजनामा भएको कार्यक्रममा बोल्दै विराटनगर महानगरपािलकाका मेयर भीम पराजुलीले विपत्त कति बेला आउँछ थाहै नहुने भन्दै सबै सजग र सर्तक हुनुपर्नेमा जोड दिए । उनले गत बर्षमा अकस्मात आएको बाढीले धेरै धनजनको क्षति भएको भन्दै महानगरपालिकाले विपत आउनु भन्दा अगाडि नै सजग हुन यस्ता कार्यक्रम गरीरहेको बताए । उनले भूकम्प, आगलागी, बाढी, पहिरो , विभिन्न रोगको महामारीले देशको धेरै सम्पत्ति नष्ट हुनुका साथै धेरै नेपालीहरुले अकालमा ज्यान गुमाइरहनु परेको बताउदै यस्ता महामारी आउन नदिन सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्ने बताए । उनले विराटनगर महानगरपालिका भित्रको अस्पताल जन्य फोहर व्यवस्थापनको चुनौती रहेको भन्दै यसतर्फ संचालकहरु पनि सजग हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत उत्सव पोखरेल र महानगरकी स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनले अहिले डेंगु रोग प्रकोप फैलिएको बताउदै सबै सचेत हुनु पर्नेमा जोड दिए ।