एजेन्सी, असार १६
आईसीसी विश्वकप क्रिकेटमा आज (सोमबार) श्रीलंका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम ईङ्ल्याण्डको मैदानमा तेस्रो पटक भिड्दैछन् । पछिल्ला दुई भेटमा वेस्ट ईन्डिजले बाजी मारेको थियो । एक खेल रद्व भएको थियो ।
सन् १९७९ मा भएको खेल बर्षाका कारण रद्व भएको थियो । चेस्टर ली स्ट्रीटमा यस विश्वकपको यो दोस्रो खेल हो । पहिलो खेलमा श्रीलंकाले दक्षिण अफ्रिकासंग पराजय भोगेको थियो । दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् । अंक तालिकामा श्रीलंका सातौ र वेस्ट ईन्डिज नवौ स्थानमा छन् । श्रीलंकाले ७ खेलबाट ६ अंक जोडेको छ । उसले दुई खेलमा जित निकाल्दा तीन खेलमा पराजय भोग्य पर्यो । उसका दुई खेल बर्षाका कारण रद्व भएको थियो । यता वेस्ट ईन्डिजले ७ खेलमा मात्र एक खेल जित्यो । उसले ५ खेलमा हार ब्यहोर्यो । एक खेल बर्षाका कारण रद्व भएको थियो । श्रीलंकाको विश्वकपको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । त्यसैले आजको खेलमा जित हात पार्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई मजबुत बनाउन श्रीलंका चाहन्छ ।
पाकिस्तान र इंग्ल्यान्डको आ(आफ्नो अन्तिम खेल बाँकी छ । पाकिस्तानले बंगलादेश र इंग्ल्यान्डले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तो अवस्थामा इंग्ल्यान्ड र पाकिस्तान दुवैले हार ब्यहोरेमा र बंगलादेश पनि भारतविरुद्धको खेलमा पराजित भएमा श्रीलंकाको भाग्य चम्किने छ । तर यस्तो अवस्थामा श्रीलंकाले आफ्नो बाँकी सबै खेल भने जित्नु पर्ने हुन्छ । श्रीलंकाको आज वेष्ट इन्डिजपछिको खेल भारतसँग छ । त्यो खेलमा पनि चमत्कारी प्रदर्शन गर्दै श्रीलंकाले जित हात पारेमा उसको सेमिफाइनल पुग्ने लक्ष्य पूरा हुन्छ । तर यो निकै कठिन यात्रा हो । यता, वेष्ट इन्डिज भने विश्वकपबाट बाहिरिसकेको छ । त्यसकारण आजको खेल उसको लागि प्रतिष्ठाको लागि मात्रै हुनेछ । सात खेलबाट एक खेलमा मात्रै जित हात पारेको वेष्ट इन्डिजले पाँच खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ३ अंक मात्रै जोडेको छ ।
श्रीलंकाविरुद्दको खेल वेस्ट इन्डिजका क्रिस गेलका लागि महत्वपुर्ण छ । वेस्ट ईन्डिजका ओपनर क्रिस गेलले यस विश्वकपका ६ खेलमा २ सय रन बनाएका छन् । उनी टिमका उच्च रनकर्ता हुन् । उनले २४ चौका र १० छक्का प्रहार गरेका थिए । मैदान उत्रदै गर्दा गेलको नजर सर्वाधिक रन बनाउने खेलाडी बन्नुमा हुनेछ । उनले २ सय ९५ वान डेमा १० हजार ३ सय ५१ रन बनाएका छन् ।तर सर्वाधिक रन बनाउने खेलाडीमा ब्रायन लारा अगाडी छन् ।
उनले २ सय ९९ वान डेमा १० हजार ४ सय ५ रन बनाएका छन् । उनको किर्तिमान तोड्न बेललाई मात्र ५४ रनको आवश्यक छ ।
खेल नेपाल समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।