१६ असार, काठमाण्डौ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयाउने प्रयास गरिरहेको आरोप लगाएका छन ।
प्रमुख सचेतक खाँडले विधेयकको माध्यामबाट संविधानको प्रावधानलाई उल्टयाउने काम सरकारले गरिरहेको प्रमुख सचेतक खाँडको दावी छ । ६१ औं संसद दिवसको अवसर पारेर पूर्व सांसद मंच, नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममाबोल्दै उनले संसदीय लोकतन्त्र प्रति विश्वास गर्न पनि सबैलाई आग्रह गरे ।
प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जीउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पारे ।