१६ असार, २०७६ ।
शुभकामना यातायात प्रा.लिले भक्तपुर सिरुटारदेखि थानकोट नागढुङ्गा रुटमा चल्ने गरि ठुला बस संञ्चालनमा ल्याएको छ ।
शुभकामना यातायात प्रा.लिले सोमबार देखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँ बानेश्वर हुदै थानकोट–नागढुङ्गासम्म संञ्चालन हुने बस सेवादिन सुरु गरेको हो । शुभकामना यातायात प्रालि द्धारा संञ्चालित ३१ सिटे बसहरुले सुर्य विनायक नगरपालिकाको वडा नम्बर १ र २ लाई समेट्ने विश्वास सञ्चालकले लिएका छन् ।
सिरुटार देखि नयाँवानेश्वर हुदै थानकोट नागढुंगा सम्मको रुटमा बस सेवा सञ्चालनका लागि रुट प्रमिट प्राप्त गरेपछि सेवा सुरु गरिएको शुभकामना यातायात प्रालिले जनाएको छ । २०६६ सालमा ट्याम्पो विस्थापित गरेर फोर्स गाडी संञ्चालनमा आएपछि सो रुटमा ठूला सवारी साधन सञ्चालनमा आएका थिएनन् ।