पानीमा डुबेर १७ महिनाका बालकको मृत्यु

पानीमा डुबेर १७ महिनाका बालकको मृत्यु

१६ असार, काठमाडौँ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–१० मितेरीटोलका राम बहादुर सम्बाहाम्फेको १७ महिनाको छोरा पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो सवा १२ बजेको समयमा राम बहादुर सम्बाहाम्फेको बहिनी कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर गम्भीर अवस्थामा फेला परेका थिए ।

बालकलाई तत्काल उपचारको लागि सुकुना सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.