काठमाडौमा थपिए १२ वटा ब्रुमर, विद्युतीय बस पनि थपिने

काठमाडौमा थपिए १२ वटा ब्रुमर, विद्युतीय बस पनि थपिने

१६ असार, काठमाडौँ ।
प्रदेश ३ को सरकारले काठमाडौं उपत्यकाको सफाईकालागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश ३ कामुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने घोषणा गरेका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा हुने सडकको भीडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशे पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताए । काठमाडौंका जनताले प्रदेशको राजधानी कहाँ भनि खोज्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले उनीहरुको घरघरमा सरकारको अनुभूतिहुने गरी कामगर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनकालागि ३० करोड रुपैयाँ हस्तान्तरण पनि गरेका छन् । सर्वसाधरणलाई सस्तोमा यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सँगको सहकार्यमा काठमाडौं उपत्यकामा विद्युतीय बस संचालन गर्ने कामलाई अघि बढाइएको पनि मुख्यमन्त्री पौडेलको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.