NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

६ लेन सडकमा सरोकारवालाहरुको चरम लापरवाही, सडकको बीचमै बिजुलीका खम्बा !

मङ्लबार असार १७ , २०७६
Reading Time: 1 min read
A A
६ लेन सडकमा सरोकारवालाहरुको चरम लापरवाही, सडकको बीचमै बिजुलीका खम्बा !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ असार, विराटनगर ।
नेपालमा विकास निर्माणका काममा सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय नहुने घटना पूरानो भने होइन । तर निमार्णाधीन रानी, विराटनगर हुदै धरानसम्मको ६ लेन सडक योजनाको टंकी सिनुवारी खण्डमा सरोकारवाला निकायबीच देखिएको समन्वयको अभावले सार्वजनिक महत्वका दीर्घकालीन योजनामा पनि उनीहरु कति लापरवाही गर्छन भन्ने कुरालाई उदाँगो पारिदिएको छ ।

विराटनगर महानगरपालिकाको उत्तरी सिमानामा रहेको विराटनगर गेटबाट मोरङको बुढिगंगा गाउँपालिकाको टंकीसिनुवारी सडक खण्डतिर हेर्दा सडकबीचमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । पिच भईसकेको ६ लेन सडकको बिच भागमै एउटा बिजुलीको पोल ठडिएको छ । त्यसभन्दा केही पर पनि सडक बिचमा दायाँ–बायाँ दुवैतर्फ पोल ठडिएका छन् । सडक पिच अघि नै हटाउनु पर्ने ती पोलहरु विद्युत प्राधिकरण र परियोजनाबीच समन्वय नहुँदा पिच भएको लामो समय भईसक्दा पनि हटइएका छैनन् । पहिले त्यस ठाउँमा झण्डै एक दर्जन पोलहरु नै नसारी पिच गरिएको थियो । तर पछि केही पोलहरु हटाईएपनि केही पोलहरु अझै हट्न सकेका छैनन् । खुला सडकको बीच भागमा रहेका बिजुलीका पोल हट्न नसक्दा त्यस ठाउँमा धेरै दुर्घटना भईसकेका छन् । जसका कारण सवारी चलाउन कठिन हुने गरेको र ती पोलहरु तत्काल नहटाए कुनैपनि बेला अझ ठूलो दुर्घटना निम्तिन सक्ने सवारी चालकहरु बताउँछन् ।

LS Auto

सडकबीचमा रहेका बिजुलीका पोल दुर्घटनाको हिसाबले अत्यन्तै संवेदनशील भएपनि पोल सार्नका लागि नत ठेकेदार कम्पनी नै तातेको छ नत विद्युत प्राधिकरण नै । बिजुली सडक क्रसिङ गराउनका लागि ओभरहेडबाट क्रसिङ गर्नु पर्ने सम्झौता भएपनि त्यसो नगर्न विद्युत प्राधिकरणले परिपत्र गरेको थियो । तर, बजेट अभाव लगायतका कारण देखाउदै प्रोजेक्टमा ठूलो असर पुग्ने देखिएपछि प्राधिकरणले पुनः ओभरहेडबाटै क्रसिङ गर्न परिपत्र गरेको विराटनगर– धरान सडक योजनाका इन्जिनियर अमरेन्द्र यादवको भनाई छ । क्रसिङका लागि १३ मिटर उचाइको टेलिस्कोपीक पोल चाहिएको र बजारमा पोल नपाइएको बताउँदै उनले पोल आएपछि चाँडै नै सारिने दावी गरे ।

सवारी चलाउन जोखिम बढ्दै जादा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले भने त्यो सबैको समस्या भएकोले त्यसबारेमा छलफल भइरहेको र पोल सार्ने तथा तारहरु फेर्ने काम चाँडै सुरु हुने बताए । २०७० सालदेखि निर्माण सुरु भएको सो ६ लेन सडक परियोजनाको काममा ढिलाइ हुनुका साथै कतिपय स्थानमा निर्माणमा पनि लापरबाही भएको पाइएको छ ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.