१७ असार, काठमाण्डौ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द पल्सर स्पोर्टस अवार्ड २०७५ को स्पेशल अवार्डबाट सम्मानित भएका छन् ।
इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका चन्द गतवर्ष आफ्नो क्लब पर्सिजा जकार्तालाई लिग उपाधि जिताउँदा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
रोहितको अनुपस्थितिमा दाजु रविन्द्र चन्दले अवार्ड ग्रहण गरेका थिए ।