फुटबलर रोहित चन्द स्पेशल अवार्डबाट सम्मानित

फुटबलर रोहित चन्द स्पेशल अवार्डबाट सम्मानित

१७ असार, काठमाण्डौ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द पल्सर स्पोर्टस अवार्ड २०७५ को स्पेशल अवार्डबाट सम्मानित भएका छन् ।

इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका चन्द गतवर्ष आफ्नो क्लब पर्सिजा जकार्तालाई लिग उपाधि जिताउँदा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

रोहितको अनुपस्थितिमा दाजु रविन्द्र चन्दले अवार्ड ग्रहण गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.