१७असार, काठमाण्डौ ।
भलिबलकी रेश्मा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् ।
रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन । दोस्रो स्थानकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सिमित भईन् ।
यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने रहेका थिए ।