१७ असार, विराटनगर ।
मोरङको रंगेलीकी १९ बर्षीया अमृताथापा मगर कोशीअञ्चल अस्पतालको शै्यामा छटपटाई रहेकी थिईन् ।
मुटु, मृगौला र कलेजोमा समस्या देखिएर गम्भीर अवस्थामापुगेकी मगरलाई थप स्तरीय अस्पतालमा लगेर उपचार गर्न डाक्टरले सुझावदिए । तर, आर्थिक अभावकाकारण मगर परिवारले अमृतालाई अन्यत्र लगेर उपचार गर्नसक्ने अवस्था थिएन ।उपचार अभावले मृत्युको मुखमापुगेकी अमृताको परिवारलाई साथदिन १७ बर्षे ईशानशर्मा पुगे । समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिलशर्माका छोरा समेत रहेका ईशानले बावुकै मेलो पछ्याए ।
बिरामीको दयनीयअवस्थाथाहापाएर एम्बुलेन्स लिएर कोशीअञ्चल अस्पताल पुगेका ईशानले थपउपचारकालागि मगरलाई नोबेल शिक्षण अस्पताल ल्याए । अमृताको स्वास्थ्य अवस्था गम्भीर बनेकाले थप उपचारका लागि पठाउँनु परेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.रोशन पोख्रेलको भनाई छ । चिन्ताजनक अवस्थामा रहेकी मगरलाई अहिले नोबेल शिक्षण अस्पतालको आईसीयूमा राखेर निःशुल्क उपचार गराईदैछ । आमाले घर बनाउँने काममा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी छन् ।
टाटीको बेरा लगाएको घरमा जेनतेन गुजारा चलाउँदै आएको मगर परिवारले खर्चिलो उपचार गर्न सक्ने अवस्था नहुँदा अमृता मृत्युको मुखमा पुगेकी थिईन् । तर, नोबेल अस्पतालमा निःशुल्क उपचार पाएपछि मगर परिवारलाई राहत मिलेको छ । नोबेलबाट औषधि उपचारसहित खाना पनि निःशुल्क उपलब्ध गराईएकाले धेरै सहज भएको अमृताकी आमा रिनाले बताईन् ।