१७ असार, विराटनगर ।
विराटनगरका सिटि सफारी चालकलाई माक्स वितरण गरिएको छ । लायन्स क्लबअफविराटनगर सिटि र लियो क्लबअफविराटनगर सिटिले आज संयुक्त कार्यक्रमको आयोजना गर्दै विराटनगर क्षेत्रमा सिटि सफारी कुदाउँदै गरेका चालकहरुलाई माक्स वितरण गरेको हो ।
ट्राफिकचोक नजिकै गरिएको कार्यक्रममा लायन्स र लियो आबद्ध पदाधिकारीले सिटि सफारी चालकका साथै ठेलामजदुरलाई माक्स वितरण गरेका थिए । विकास निर्माणको क्रममा नगरक्षेत्र भित्रका सडकहरु तोडफोड गरिएका कारण धुलोको समस्या विकराल रहेको र त्यस कारण सबभन्दा बढी साना सवारी चालक र मजदुरहरुलाई धुवाँ धुलोबाट बच्न माक्स वितरण गरिएको लायन्स सिटीका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिए ।

लायन्स सिटि र लियो सिटिको साता ब्यापी कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको लियो क्लब सिटिका अध्यक्ष दिलीपकुमार साहले बताए । २०१९/२० मा ३६५ वटा कार्यक्रम गर्ने लक्ष्य सहित स्वास्थ्य शिवीर र बृक्षारोपण सहितका विभिन्न समाजसेवाका कार्यक्रम निरन्तर आयोजना गर्ने गरिएको आयोजक क्लबले जनाएको छ ।