१७ असार, विराटनगर ।
पत्रकारिता बिषयको अध्यापन गराउदै आएको विराटनगर स्थित सत्यनारायण उच्च माध्यमिक विद्यालयले पछिल्लो समय पत्रकारिता अध्ययन गर्न आउने विद्यार्थीको संख्या घटदै गएको जनाएको छ ।
स्कुलद्वारा आज आयोजित पत्रकारसंगको अन्तरक्रियात्मक छलफल कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले पत्रकारिता अध्ययन गर्न आउने विद्यार्थीको संख्या पछिल्लो समय घटदै गएको बताएका हुन । सो स्कुलले २०६५ सालदेखि पत्रकारिता विषयका अध्यापन सुरु गरेको थियो । हालसम्म उक्त विद्यालयले पत्रकारिता क्षेत्रबाटै २ सय बढी विद्यार्थी उत्पादन गरिसकेको छ । सोही विद्यालयबाट उत्पादित कतिपय विद्यार्थीहरु अहिले पत्रकारिता पेशामा अब्बल सावित समेत भइसकेका छन् ।
पहिलो ब्याजमा विद्यार्थीको चाप धेरै देखिएको भएपनि विस्तारै घट्दै गएको विद्यालयका प्रधानाध्यापक खरेलको भनाइ छ । यस पटक १२ कक्षामा ३० जना विद्यार्थी रहेको विद्यालयमा अघिल्लो ब्याजमा भने १५ जना मात्रै थिए । ६ कक्षादेखि १२ कक्षासम्म संचालनमा रहेको उक्त विद्यालयमा विभिन्न बिषयका १६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।