अब १८ वर्ष पुगेपछि मात्रै चालक लाइसेन्स

अब १८ वर्ष पुगेपछि  मात्रै चालक लाइसेन्स

काठमाडौं : प्रदेश ३ सरकाले १८ वष पुगेपछि मात्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने कानुन बनाएको छ। हालको कानुनअनुसार १६ वर्ष पुगेपछि दुईपांग्रे सवारीको लाइसेन्स लिन सकिन्छ। नयाँ व्यवस्थासहितको प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७५ १८ माघ मै राजपत्रमा प्रकाशित भएको छ।

नयाँ प्रावधान लागू गर्न प्रदेश सरकारले केन्द्रीय सरकारलाई आग्रह गरेको छ। यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङकी प्रमुख कमला थापाले केन्द्रीय सिस्टम अनुसार नै काम हुने भएकाले नयाँ कानुन लागू हुन नसकेको बताइन्।

‘प्रदेश ३ सरकारले बनाएको कानुनमा लाइसेन्सका लागि १८ वर्ष उमेर पुग्नुपर्ने प्रावधान छ।’उनले भनिन्, ‘नयाँ प्रावधान लागू गर्न हामीले यातायात व्यवस्था विभालाई भनेका छौं। तर विभागको सिस्टम परिवर्तन भएको छैन ।’ आजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.