विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि चालक

विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र, धार्मिक गुरुलाई पनि चालक

काठमाडाैं : विशिष्ट व्यक्तिको सुरक्षाका नाममा सशस्त्र प्रहरीका ५ सय ४६ जना सुरक्षाकर्मी र चालक खटिएका छन्। विशिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिँदा सशस्त्र प्रहरीको एक बटालियन जनशक्ति नै कार्यक्षेत्रभन्दा बाहिर रहेको छ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ। तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ। स्रोतका अनुसार विशिष्ट व्यक्तिको सुरक्षाका लागि दुई जना डिएसपी, ८ इन्स्पेक्टर, ३७ सई, १९ असई, ३३ वरिष्ठ हबलदार, ५० हबलदार, १ सय १६ सहायक हबलदार र २ सय ४५ जवान परिचालित छन्। त्यस्तै १९ परिचर र १७ चालक पनि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन्।

सबैभन्दा बढी निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका लागि दुई डिएसपीको कमानडमा १ सय ११ जना खटाइएको छ। त्यसैगरी प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि ४६ जना सशस्त्र प्रहरी खटिएका छन्। यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवासमा सुरक्षा बेस क्याम्प खुमलटार नाम दिएर प्रहरी निरीक्षकको कमान्डमा ४८ जना सशस्त्र प्रहरी खटिएका छन्।,यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.