१८ असार, काठमाडौं ।
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड अन्तत : नेपालमा नहुने भएको छ । चौतर्फी विरोध भएपछि सरकार आईफा अवार्ड नेपालमा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको इन्टरनेशनल इन्डियन फिल्म अवार्ड (आईफा) नेपालमा नहुने पुष्टि गरे । उनले भने ‘यो वर्ष नहुने नै भयो, अब एकरदुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनस् आयोजनाको सम्भावना रहन्छ’।
सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने भनिएको थियो ।









