प्रदेश सांसद दीपक मनाङे भोलि नेकपा प्रवेश गर्ने

प्रदेश सांसद दीपक मनाङे भोलि नेकपा प्रवेश गर्ने

१८ असार, काठमाडौं ।
गण्डकी प्रदेशका प्रदेश सांसद दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । उनलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने तय भएको हो ।

मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर मनाङेलाई फौजदारी मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेपछि उनले सपथ लिन पाएका थिएनन् ।

तर सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएपछि प्रदेश सांसदको रुपमा सपथ गर्ने मौका मिलेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.