१८ असार, विराटनगर ।
विराटनगर महानगरपालिका–१२ स्थित पन्चमुखी चोकबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलबार राती करिब १२ बजेको समयमा स्थानीय २६ बर्षीय दिनेश पासवानलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
पासवानको साथबाट लागुऔषध फेनारगन–४८ एम्पुल, डाइजेल्याव–३७ एम्पुल, बुप्रेर्नफिन –३१ एम्पुल र एभिल–३५ एम्पुल बरामद गरिएको छ । पक्राउ परेका पासवानलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको उक्त जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।